पाँच कम्पनीले गरे लाभांश घोषणा : कुनको बोनस कति ? यस्तो छ कम्पनीहरुको लाभांश इतिहाँस ! « Arthapath.com
२ आश्विन २०७९, आईतवार

पाँच कम्पनीले गरे लाभांश घोषणा : कुनको बोनस कति ? यस्तो छ कम्पनीहरुको लाभांश इतिहाँस !



काठमाडौं । लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
हालसम्म एक हाइड्रोपावर र चार वटा जीवन बीमा कमपनीले लाभांश घोषणा गरेका हुन् ।

हालसम्म सानिमा माइ हाइड्रोपावर, गुराँस लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यो बाहेक १० म्युचुअल फण्डले पनि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

आज हामीले यी पाँच वटै कम्पनीहरुले कुन आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई कति लाभांश वितरण गरे भन्ने तथ्याङ्कसहित जानकारी गराएका छौं ।

सानिमा माइ हाइड्रोपावर :

सानिमा माइ हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको हो ।

कम्पनीले लगानीकर्तालाई बोनस सेयर नदिने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखि लाभांश दिन सुरु गरेको हो । लाभांश वितरणको पहिलो वर्ष कम्पनी आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आव २०७५/७६ मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लभांश, आव २०७६/७७ मा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै, कम्पनीले आव २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गुराँस लाइफ इन्स्योरेन्स :

गुराँस लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७.४४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तो छ कम्पनीको लाभांश इतिहाँस

एशियन लाइफ इन्स्योरेन्स :

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

विगतमा कति दियो त कम्पनीले लाभांश ?

नेशनल लाइफ इन्स्योन्स :

नेशनल लाइफ इन्स्योसेन्सले आव २०७७/७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । क्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस्तो कम्पनीको लाभांश इतिहाँस

नेपाल लाइफ इन्स्योरेन्स :

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाइ १५.७८९५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने भएको हो । कम्पनीले बोनस सेयर भने वितरण गर्ने भएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

विगतमा कति बाँड्यो कम्पनीले लाभांश ?


प्रतिक्रिया दिनुहोस्