डोटीमा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा नगरौं: प्रेम आले « Arthapath.com
२४ असार २०८३, बुधबार

डोटीमा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा नगरौं: प्रेम आले



काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम बहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा नहुने बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आलेले नेपाली कांग्रेसका केही नेताहरू डोटीमा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेकोप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन ।

‘मेरो जिल्लामा नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरू गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन, ७७ ओटै जिल्लामै हुनु भएन । यदि गठबन्धन हो भने ७७ ओटै जिल्लामा गठबन्धन हुनुपर्छ,’ उनले भने ।

गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्