सीबीआइएल क्यापिटलको साधारण सभा असोजमा « Arthapath.com
२४ असार २०८३, बुधबार

सीबीआइएल क्यापिटलको साधारण सभा असोजमा



काठमाडौं। सीबीआइएल क्यापिटलको वार्षिक साधारण सभा हुने भएको छ । गत भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचनाअनुसार सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन । सभामा आर्थिक वर्ष २०७८/ ७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
असोज १३ सम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् । कम्पनीले १४ असोजमा बुक क्लोज मिति तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्