घाम पावरको कृषि कार्यशाला गोष्ठी सम्पन्न « Arthapath.com
५ आश्विन २०७९, बुधबार

घाम पावरको कृषि कार्यशाला गोष्ठी सम्पन्न



काठमाडौं । गत शुक्रबार घामपावर नेपालले १ दिने कार्यक्रम डिजि कृषि सफलतापूर्व सम्पन्न गरेको छ । कार्यक्रममा घाम पावर नेपालका कृषि विश्लेषक किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिको अवस्था, कृषिमा भैरहेको डिजटलिकरण, नीतिगत कुराहरू कोट्याउँदै, घाम पावरले कृषिको डिजिटलिकरणमा गरिरहेका काम र भोग्नु परेको चुनौतीहरूको बारेमा चर्चा गरे ।

फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख हिरा थन्दारले कर्जा लगानी बाहेक पनि किसान सँग नजिकै काम गरिरहेको बताए । किसानले हाम्रो लघुवित्तबाट कृषि प्रयोजनको कर्जा लिँदा खेरी १ महिना मै कर्जा तिर्न नपर्ने र उत्पादन भएर बजारमा बेचे पछि कर्जा तिर्न सकिने कुरा पनि बताएका थिए ।

कृषि तथा पशु विज्ञान अध्यन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख हुमा न्यौपानेज्यूले स्नातक र स्नातोकत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटो भन्दा छिटो लागू गरिने कुरा बताए । स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हावी भएको कुरा छलफलमा राखेका थिए ।

आइ एफ डि सी बाट आएका माटो वैज्ञानिक डा. यम नाथ गैरेले नेपालले निर्माण गरेको डिजिटल माटो नक्सा र यो नक्साको प्रयोगका बारेमा वृस्तृत रूपमा चर्चा गरे । नेपाल सरकार कृषि तथा पशु विकस मन्त्रालिका जी आइ एस र आइ टि शाखाका प्रमुख शिव नन्नद शाहले नेपाल सरकारले कृषिलाइ डिजिटलिकरण गर्दै आएको कुरा बताए ।

कार्यक्रममा निजी संस्था, सरकारी तथा गैह्र सरकारी संघ संस्था, विश्वविद्यालयबाट प्रतिनिधीहरू, कृषि र प्राविधक विद्यार्थी र साथ साथै विभिन्न मिडिया तथा पत्रकारहरू गरी ८५ जना भन्दा बढिको सहभागीता रहेको थियो ।

घाम पावर नेपालले विकास गरेको घाम पावर कृषि मिटर लगायत अन्य सेन्सरहरू र सुपर कृषक एपको प्रत्यक्ष प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । नेपालमा समुन्नत कृषिको लागि सबै सरोकार वाला संस्था बीच प्रतिष्प्रधात्मक नभई समन्वयकारी भूमिका खेली कृषि विकासको लागि डिजिटलीकरणको अहम भूमिका रहनेमा सबै सहभागीको सहमति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्