कति छ आज सुनचाँदीको भाउ ? « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ। साताको पाँचौं कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

बुधवार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुन ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन मंगलबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार १८५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्