आरआर क्याम्पसले ३४ दिन दशैं तथा दीपावली बिदा दिने « Artha Path
६ आश्विन २०७९, बिहीबार

आरआर क्याम्पसले ३४ दिन दशैं तथा दीपावली बिदा दिने



काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले असोज १० गतेदेखि कात्तिक १३ गतेसम्म दशै तथा दिपावली बिदा दिने भएको छ ।

क्याम्पसले एक सूचना प्रकाशित गर्दै ३४ दिन विजय दशमी तथा शुभ दीपावली, नेपाल संवत् ११४३, छठ लगायत चाडपर्वको लागि बिदा दिने जनाएको हो । साथै, विजय दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्णलाई शुभकामना सन्देश पनि क्याम्पस ब्यक्त गरेको छ ।

साथै, क्याम्पस प्रशासन भने असोज २४ गतेदेखि खुला रहेने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्