साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम



काठमाडौं । काठमाडों महानगरपालिकाले व्यापार, व्यवसाय गर्ने व्यक्ति संघ/संस्थाहरुले परिचय पाटी (साइन बोर्ड) को शुल्क बुझाउन निर्देशन दिएको छ ।

महानगर क्षेत्रभित्र व्यापारा व्यवसाय गर्ने केही व्यक्ति, संघ/संस्थाहरुले आफ्नो कार्यस्थलमा बाहिर राखिएको परिचय पाटी (साइन बोर्ड) राखे बापतको शुल्क नुबझाएकाले ३० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको भन्दा ठुलो साइजको राखिएको पाइएमा महानगरले तत्काल हटाउने जनाएको छ ।

महानगरका अनुसार ६ वर्ग फुटसम्म एक वटा मात्र साइन बोर्डको वार्षिक ५ सय, १५ वर्ग फुटसम्मको १ हजार ५ सय र १५ देखि ३० वर्ग फुटसम्मको साइन बोर्डको प्रति वर्ग फुटको १ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्