पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्म कथा लोकार्पण « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्म कथा लोकार्पण



काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्म कथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथखनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक पाँचव्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’नामको आत्मकथा लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय थापा पञ्चायत कालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताए ।

सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा देउवाले नौ दशक लामो आयु बाँच्नु भएका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झना योग्य नेताहरू मध्ये एक रहनुभएको उल्लेख गरे । प्रधामन्त्री देउवाले भने, ‘सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालनएवं प्रभावितगर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’

उहाँको कार्य कालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्रीदेउवाले मुलुककै इतिहासमा पहिलो पटक जनमत संग्रहउहाँकै प्रधानमन्त्रीत्वकालमा भएको बताए । नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नु भएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृतिहुने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक संघर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफलथापाले जीवनमा गरेको संघर्ष र भोगेको दुःख सुखकाकथाहरू यो आत्मकथामा समेटिएको छ । यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्नभएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथाआजकानयाँ पुस्ताका राजनीति कर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृतिहुने विश्वास मैले लिएको छु,’प्रधानमन्त्री देउवाले भने ।

उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्राम लगायतका अन्तर्राष्ट्रिय परिघटना देखि नेपालको २००७ सालको राजनीतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिक संक्रमण, पञ्चायत कालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादीद्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतार चढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।

पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्रीहुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालितगरियो, राजनीतिक परिचालन कसरी गरियो भन्ने लगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासकतथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचकहुने प्रधानमन्त्री देउवाले बताउनुभयो । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमाआई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उनको भनाइथियो ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुस्तकमा माओवादीसँगको १२ बुँदे सम्झौताका सन्दर्भमागलतविवरण परेको र त्यसलाई यथावत रहन दिए गलत इतिहास लेखिने भन्दै आगामी संस्करणमा सुधार्न आग्रह गरे । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र स्थापना पछि थापाले समकालीन राजनीतिमा अभिभावकको भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा पूर्वप्रधान मन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापासँगका आफ्ना स्मरणहरु सुनाए ।

आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजयकुमारले पनिआफ्ना अनुभव सुनाउनुभएको थियो । आत्म कथा बुक हिलले प्रकाशन गरेको हो । थापाको २०७२ वैशाख ३ गते निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्