नेप्सेको तथ्याङ्कको शुल्क वृद्धि गरिएको छैन, प्रकाशित समाचार भ्रामक र तथ्यहीन : धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकको शुल्क सम्बन्धी प्रकाशित समाचार भ्रामक रहेको बताएको छ ।
एक विज्ञप्ति निकाल्दै बोर्डले केही अनलाइन संचार माध्यममा नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कको शुल्क सम्वन्धमा प्रकाशित भएका समाचार तथ्यहिन र भ्रामक रहेको जनाएको हो ।
विज्ञप्तिामा भनिएको छ, केही अनलाईन संचार माध्यममा नेपाल स्टक एक्सचेञ्ज लि. को तथ्याङको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुना सम्म वृद्धि गरि स्वीकृत गरेको भन्ने तथ्यहिन तथा भ्रामक समाचार प्रकाशित भएकोमा यस सम्बन्धमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ।














