अस्पतालको ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट « Arthapath.com
१० आश्विन २०७९, सोमबार

अस्पतालको ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेका हुन् । केन्द्रीय अस्पतालमा यो छुट लागू हुने छ भने प्रदेश र स्थानीय तहलाई पनि छुट दिनका लागि पत्राचार गरिने जनाइएको छ ।

ओपिडी सेवा लिनका लागि विद्यार्थीले आफ्नो परिचयपत्र देखाउनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्