अम्बे ग्रुप लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुको जमघट « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

अम्बे ग्रुप लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुको जमघट



काठमाडौं । नेपालगंज स्थीत होटल सोल्टीमा अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगंजमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएकोमा डिलरहरुलाई धन्यवाद व्यक्त गर्दै ग्रुपका अध्यक्ष हरी न्यौपानेले आगामी दिनमा पनि उच्च मनोवलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टील र सिमेन्ट बिक्रि गर्न उत्प्रेरित गरे ।

अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले देशमा यतिठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुकासाथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पु¥याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

सोही अवशरमा ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नविनत्म सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी दिए ।

कार्यक्रममा दुई प्रदेशका प्राय सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवशरमा सहभागीहरुबाट लक्कि ड्र गरी तीन जना विजेतालाई आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको थियो ।

सोही अवशरमा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकार रचना रिमाल, सुमन कोइराला (दले दाई) , कविता नेपाली लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्