बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू



काठमाडौं । सवारी दुर्घटना न्युनिकरण तथा सवारीको गति नियन्त्रणका लागि बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।

चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न भन्दौ टाइम कार्ड लागु गरिएको छ ।

सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु भएको हो ।

थप टाइमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवन सम्म, त्यसैगरी पृथिवि राजमार्गको खानीखोला धादिङ देखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको हो ।

टाइम कार्ड लागु गरिएका उल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको बागमती प्रदेश प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्