तपाईको भान्सामा यस्तो मासु त पाकिरहेको छैन ? ध्यान दिनुहोेस् राग निम्त्याउन सक्छ « Arthapath.com
१८ आश्विन २०७९, मंगलवार

तपाईको भान्सामा यस्तो मासु त पाकिरहेको छैन ? ध्यान दिनुहोेस् राग निम्त्याउन सक्छ



काठमाडौं । नेपालीहरुको महान् चाड दशैँको रौनक गाँउ शहरबजार सबैतिर छाईसकेको छ । केटाकेटी, युवा, वृद्धवृद्धा, सबैलाई दशैँ लागेको छ । दशैँको बेला धेरै दिनसम्म मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग समय बिताउन पाउने खुसी, आदिले धेरैको प्रतिक्षा चाड बनेको छ ।

विशेषगरी, दशैँमा धेरै घरको भान्सामा मासुका परिकारहरु पाक्छन् ।अन्य समयमा भन्दा दशैँका बेला मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमाखाने गरिन्छ, भुटन, तास, सेकुवा, झोल, फ्राई, आदिको रुपमा । परिवारका सबै सदस्यहरु भेलाभएर एक आपसमा रमाइलो गर्दै मीठा मीठा परिकार खाएर यो पर्व मनाउने गरिन्छ ।

हुँदाखाने र हुने खाने दुवै वर्गका भान्सामा दशैँको बेला मासु पाके कै हुन्छ । यसरी हेर्दा, दशैँ र मासु एक आर्काका परिपुरक हुन् कि जस्तो पनि लाग्छ । त्यत्तिमात्रै होइन, दशैँ नजिकिँदै गर्दा शाकाहारी र माँसाहारी दुवैले मासुको विषयमा कम्तीमा एकपटक कुरा गरेकै हुन्छन् ।

चार्डपर्वमा धेरै परिकार खाईने हुदा खानपानलाई विशेष ध्यान दिनसपर्छ । मासुको जाँच गरी, सफामासु मात्र खानुपर्छ । मासुलाई चिस्याएर, थोरै तेल हालीवाउसिनेर छाकमा ३—४ टुक्रासम्म खाँदा यसले शरिरलाई बेफाइदा गर्दैन । तर, मासु खाइसकेपछि भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । माछा, मासु, तरकारी, फलफुलका वा आफ्नै विशेषता रहेकाले चाडबाडका बेला हरियो सागसब्जी, सलादसँगै हरेक वस्तु मात्रा मिलाएर खानु आर्वश्यक छ ।


प्रायः दशैँमा खसीको मासु खाने गरिन्छ । खसीको मासुमा थुप्रै आवश्यकतत्व जस्तै प्रोटिन ९४२ प्रतिशत०, पोटासियम, आइरन, भिटामिन ए, सि, डि, बि ६, १२, क्याल्सियम, म्याग्नेसियम आदि पाइन्छ । यससँगै यसमा ७ देखी १० प्रतिशत फ्याट र १९ प्रतिशत कोलेस्ट्रोल पाइन्छ ।

कुखुरा र टर्की (वाइट मिट) को मासुमा फयटको मात्रा रातो मासु भन्दा कम हुन्छ । मासु रातो र सेतो यसमा भएका मायाग्लोबिन नामक कोशिकाले निर्धारण गर्छ । सेतो मासुको तुलनामा रातो मासुमा फ्याट बढी भएसँगै यसमा प्रोटिन, भिटामिन र अन्य तत्व पनि बढि पाइन्छ ।

आफ्नो टेष्ट र प्राथमिकताका आधारमा पनि रातो वा सेतो मासुको प्रयोग हुन्छ । मासुमा रहेको कोलेस्ट्रोल र फ्याटका कारण शरिरमा कत्तिको हानी पुग्छ भन्ने कुरा मासुको मात्रा र तरिकामा निर्भर गर्दछ । हरेक छाकमा सही मात्रामा, सही तरिकाबाट पकाएर प्रयोग गर्नाले यसले शरिरलाई आवश्यक पौष्टिक तत्व दिन्छ ।

आफ्नै घरमा खसी, बोका, राँगा, च्याँङग्रा, आदि काटेर मासु खाने गरिन्छ । अनिउक्तमासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने प्रचलन छ । तर चलि आएको चलनभन्दै धेरै दिन देखी काटेर राखेको मासु दशैँमा खानु भने स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैन ।

दशैँमा मासु धेरै उपभोग गर्दा स्वास्थवर्धक छ—छैन बुझ्न आवश्यक छ । धेरै मासु खाँदा मानव स्वास्थ्यलाई फाइदा गर्छ किगर्दैन, कति मात्रामा मासु खानुपर्छ, आदि कुराको पनिख्याल राख्न जरुरी हुन्छ । मासुकै कारण विभिन्न जुनोटिक रोगहरु (जनावर वा पशुपंक्षीबाट मानिसमा सर्ने रोग) पनि लाग्न सक्छ । त्यसबारे पनि सचेत हुन उत्तिकै आवश्यक छ । सेतो मासु (वाइट मिट) र रातो मासु (रेड मिट) का भिन्नताका विषयमा पनि विभिन्न प्रसंग सुन्न पाइन्छ । सेतो वा रातो कुन मासुले स्वास्थ्यलाई फाइदा पुग्छ, बुझेर मात्रै मासु खानुपर्छ ।

दशैँमा मासुका लागि काटिने पशुपंक्षीहरु वा काटेर तयारी अवस्थामा बेचविखनका लागि बजारमा राखिएका मासु कुन ठाउँबाट आयात गरिन्छ, त्यसको पनि ख्याल गर्न जरुरी छ । मासुको हाइजिन र परिक्षण सम्बन्धि थुप्रै अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिरहेको छ ।

खानपिनमा ध्यान नदिँदा दशैँका बेला मानिसहरुमा झाडाबान्ता, कब्जियत, ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्या देखा पर्छ । त्यत्तिमात्रै होइन, चाडपर्वको समयमा साथीभाई, इष्टमित्रसँग बसेर विशेषगरी युवा मासु सँगसँगै पेयपदार्थको सेवन गर्छन् । यसले लिभर र दिमागमा असर पु¥याउनका साथै शारिरिक तौल बढ्ने, मुटुरोग, मधुमेह, क्यान्सर, नवजात शिशुहरुमा जन्मजात रोग र डिप्रेसन समेत हुनसक्छ । यस्ता समस्याहरुले सामाजिक समस्या तथा दुर्घटना निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ ।

हरेक व्यक्तिलाई दैनिक कम्तिमा ३ सय ५० ग्राम तरकारी विशेषगरी प्रोटिनका लागि कोशेवाली र ९० ग्राम फलफुल आवश्यक पर्दछ । तरकारी र फलफुलमा आवश्यक मात्रामा फाइबर, प्रोटिन, भिटामिन, लगायतका पौष्टिक तत्वहरु पाइन्छ । जसले पाचन प्रणाली तथा शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्छ, जुन मासुबाट पाइँदैन ।

चाडपर्वमा मासुका परिकार खाइरहँदा हरियो तरकारी तथा फलफुल पनि उत्तिकै खानु आवश्यक छ । साथै यसको उत्पादनमा पनि व्यक्तिगत, समूहगत तथा सरकारी तवरबाट जोड दिनु पर्छ । दशैका बेला कसैका लागि मासु नै अपरिहार्य वस्तु नबनोस् । तरकारी, सागसब्जी, माछामासु, पानीपनिशरिरको आवश्यकता अनुसार खाने गरौँ । यसले हामीलाई स्वास्थ्य रहन मद्दत मिल्छ ।


प्रतिक्रिया दिनुहोस्