सुन्दर कर्णाली पुल (फोटो फिचर) « Arthapath.com
१८ आश्विन २०७९, मंगलवार

सुन्दर कर्णाली पुल (फोटो फिचर)



काठमाडौं । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सिमाना रहेको कर्णाली पुल सुन्दरताले भरिपूर्ण पुलको रुपमा लिइने गरिन्छ । कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ ।

यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ । यसको निर्माण सन् १९९३ मा पूरा भएको हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा (उथयिल) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।

अहिले यस क्षेत्रमा फोटो भिडियो खिच्ने मान्छेको भिड लागेको हुन्छ । नजिकै रहेको चिसापानी बजारको आम्दानी समेत यहाँ आउने पर्यटकहरुले थपेको पाइन्छ । पछिल्लो समय निकै धेरै मान्छे घुम्न आउँन यस क्षेत्र सुदुरको पर्यटकिय क्षेत्रको मुख्य गतन्ब हुन सक्छ ।

फोटो: दिपक विष्ट (अर्थपथ डटकम)


प्रतिक्रिया दिनुहोस्