डेढ दर्जन कम्पनीले डाके साधारण सभा: अधिकांशले लाभांश पारित गर्ने, कुनको कस्ता एजेण्डा ? « Arthapath.com
२० आश्विन २०७९, बिहीबार

डेढ दर्जन कम्पनीले डाके साधारण सभा: अधिकांशले लाभांश पारित गर्ने, कुनको कस्ता एजेण्डा ?



काठमाडौं । करिब डेढ दर्जन कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति तय गरेका छन् । विभिन्न एजेण्डा पारित गर्न १८ वटा कम्पनीहरुले साधारण सभा बोलाएका हुन् ।

मर्जर प्रस्ताव, लाभांश पारित, आईपीओ निष्काशन, पुँजी वृद्धि लगायतका एजेण्डासहित कम्पनीले सभा बोलाएका हुन् । साधारण सभा बोलाउनेमा अधिकांश मर्चेन्ट बैंकिङ्ग, बैंक, हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।

यी मध्ये १२ वटा कम्पनीहरुले असोज मसान्तभित्र सभा गर्ने भएका छन् । त्यस बाहेक कम्पनीहरुले कात्तिकमा बोलाएका हुन् ।

मेगा स्टक मार्केट्स

मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । काठमाडौं–२८ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान १० बजे साधारण सभा हुने कम्पनीले जानकारी दिएको हो ।

साधारण सभामा कम्पनीको पूँजी वृद्धि लगायत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

सानिमा सेक्युरिटिज

सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । नक्सालस्थित सानिमा बैंकको सभाहलमा अपरान्ह ३ बजे विशेष साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

केबिएल सेक्युरिटिज

केबिएल सेक्युरिटिजले विशेष साधारण सभा असोज २४ गते गर्ने भएको छ । काठमाडौं टंगालस्थित कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे साधारणसभा गर्ने जानकारी दिएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारणसभामा कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको इजाजत प्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा कम्पनीको अधिकृत चुक्ता पुँजी ६० करोड रुपैयाँ र जारीपूँजी २० करोड रुपैयाँ पु¥याउने प्रस्ताव पनि हुनेछ ।

सनी सेक्यिुरिटिज

सनी सेक्यिुरिटिज कम्पनी लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंस्थित कम्पनीको रजिष्ट्रर कार्यालयमा दिउँसो ३ बजे बाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा बोनस सेयरपश्चात कायम हुने पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

आर्कस क्यापिटल एडभाइजर्स

आर्कस क्यापिटल एडभाइजर्सको वार्षिक साधारण सभा असोज २५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ बजे सभा हुने भएको हो ।

सभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्ताव पारित गर्नेछ । यस्तै, आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा असोज २६ गते बोलाएको छ । भदौं ३० गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

उक्त सभाले कम्पनीको पूँजी वृद्धि गर्नेका लागि संस्थापक सेयरधनीहरुको हाल कायम रहेको चुक्तापूँजीमा शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव मूख्य एजेण्डा रहेको छ ।

साथै, सर्वसधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

त्यस्तै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै गत आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने छ ।

सिबिआईएल क्यापिटल

सिबिआईएल क्यापिटलको साधारण सभा २८ गते गर्ने भएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनको लागि क्यापिटलले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । आधारमा असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सिद्धार्थ क्यापिटल

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते बस्ने भएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो ।

उक्त सभामा गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता २५ प्रतिशत करसहित नगद लाभांश पारित गर्ने छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरू गर्नेछ ।

नेपाल ल्यूब आयल

नेपाल ल्यूब आयलले असोज २८ गते साधारण सभा गर्ने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले आव २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सभाले गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै कम्पनीको अधिकृत एवम् जारी पूँजी वृद्धि गरी १० करोड रुपैयाँ कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

हाथवे स्टक डिलर

हाथवे स्टक डिलरको प्रथम वार्षिक साधारण सभा असोज २८ गते गर्ने भएको छ । सभा काठमाडौं, लैनचौरस्थित होटल एम्बास्डरमा बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेलगायत प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीको सभा सभा आउँदो असोज २८ गते गर्ने भएको छ । भदौं ३१ गते बसेको संचालक समितिले दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस बसुन्धारा काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हन गरेको हो ।

सभाले गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका विवरणहरु पारित गर्ने छ ।

साथै, सभाले चालु आवको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले हाल कायम चुक्तापूँजी ७० करोडको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावर

अप्पर स्याङ्गे हाइड्रोपावरले असोज ३१ गते साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै नाफा नोक्सान हिसाब गर्ने पनि पारित गर्ने छ ।

यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले आउँदो कात्तिक ४ गते साधारण सभा डोकेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ ।

बैंकले गत आवमो वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन्।

रु रु जलविद्युत
रु रु जलविद्युत परियोजना आउँदो कात्तिक ४ गते साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८/७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सभाभा गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।

यस्तै चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारिते गर्नेछ । साधाराण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बाह्रौं वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो ।

कम्पनीको असोज १२ गते बुधवार बसेको संचालकल समितिको १९१औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले ७.८३ प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कुल ७.८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रक्रियामा छन् । सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ ।

हिमालयन रिइन्स्योरेन्स

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा आउँदो कात्तिक ४ गते गर्ने भएको हो । सभा होटल अलफ्ट ठमेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीम आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । यसका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बिओके क्यापिटल मार्केट
बिओके क्यापिटल मार्केट क्यापिटलले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो ।

सभामा प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउने मुख्य एजेण्डा रहेको छ । सभामा गत आर्थिक वर्ष २०७८/७९ का लागि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले करसमेत १ करोड २१ लाख ५९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । यसका साथै सभाले गत आवको २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । सोही सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कात्तिक ६ गते साधारण सभा बोलाएको हो । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभा लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको साधारण सभामा आईपीओ निष्काशनको प्रस्ताव पेश हुनेछ ।

सभामा कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको ३० प्रतिशत सेयर निष्काशनको प्रस्ताव पेश गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

यसका साथै सभाले आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्