सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज र भोलि भारि वर्षा हुने अनुमान « Arthapath.com
२१ आश्विन २०७९, शुक्रबार

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज र भोलि भारि वर्षा हुने अनुमान



काठमाडौं । आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको छ । आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्