कांग्रेसलाई अर्को झट्का : चर्चित व्यवसायी देवीप्रकाश भट्टचन एमालेको समानुपातिकमा सिफारिस « Arthapath.com
२१ आश्विन २०७९, शुक्रबार

कांग्रेसलाई अर्को झट्का : चर्चित व्यवसायी देवीप्रकाश भट्टचन एमालेको समानुपातिकमा सिफारिस



काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फका उम्मेदवारको नामावली प्रकाशित गरेको छ । समानुपातिक सूचीमा व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन सिफारिस भएका छन् ।

एमालेले उनलाई जनजाती समूहको पहिलो नम्बरमा सिफारिस गरेको हो । नेपाली कांग्रेसको संगठन विभाको उपप्रमुख पदमम समेत रहेका उनलाई एमालेले समानुपातिकमा सिफारिस गरेको हो । यसले कांग्रेसलाई ठुलै झट्टा लाग्ने देखिएको छ ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बागलु क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा प्रतिनिधि सभा उम्मेदवार हुने रुचि देखाएका थिए । तर, पार्टी (नेपाली कांग्रेस) ले उनलाई प्राथमिकताको सूचीमा राखेको थिएन ।

भट्टचन सामाजिक कार्यमा क्रियाशिलताका कारण पनि निकै लोकप्रिय छन् । भट्टचन व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन् । प्रभु ग्रुपले बैंक, बीमा, रेमिटेन्स, हेलिकप्टर, सहकारी लगायतका व्यवसाय संचालन गर्छ ।


प्रतिक्रिया दिनुहोस्