जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्युु
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । सोहि पहिरोमा परेर २ जना बेपत्ता हुन ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।













