बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्कियो « Arthapath.com
२४ असार २०८३, बुधबार

बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्कियो



काठमाडौं । बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो ।

कक्षा पाँच सम्म पढाइ हुने सिगास आधारभूत विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केहि दिन देखिको लगातारको वर्षाले भत्किएका हुन् ।

बैतडीमा लगायत सुदुरपश्चिम भरी नै बुधबार राती देखि लगातार वर्षा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्