गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका « Arthapath.com
२४ असार २०८३, बुधबार

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि (मंगलबार)अन्तिम दिन रहेको छ ।

कम्पनीले आगामी कात्र्तिक ४ गते बोलाएको १२औं वार्षिक साधारण सभाका लागि असोज २६ गते बुक क्लोज गर्ने भएकाले भोलि सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्ने पाउने छन । संचालक समितिको निर्णयअनुसार सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे सूरु हुनेछ ।


उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । साथै, सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्