गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता « Arthapath.com
२४ असार २०८३, बुधबार

गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘तपाईंहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पूँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु’, उनले भने।


गैर आवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवालले गैर आवासीय नेपालीलाई नेपाल आगमनमा सहजीकरण गर्ने देखि सम्पत्ति सुरक्षित गर्नेसम्मका कार्यमा सहयोग गर्दै आएको समेत बताएका छन् ।

गैर आवसीय नेपालीलाई नेपालमा लगानी गरी देश विकासमा सहयोग पुर्याउन देउवाले आग्रह समेत गरेका छन् । धितोपत्र खरिदमा गैरआवासीय नेपालीलाई प्राथमिकता दिइने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिकता सेयर निष्काशन (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था समेत गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्