बीएफआईएन र सीपीएससीबीच रणनीतिक सहमति « Arthapath.com
२४ असार २०८३, बुधबार

बीएफआईएन र सीपीएससीबीच रणनीतिक सहमति



काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) ले कोलम्बो प्लान स्टाफ कलेज (CPSC), मनिला, फिलिपिन्ससँग ११ अक्टोबर २०२२ मा ऋएक्ऋ, मनिलाले आयोजना गरेको एक समारोहमा रणनीतिक सहमति गरेको छ ।

सहमतिमा बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जीएलडी विक्रमासिङ्घेले हस्ताक्षर गरेका हुन् । सहमतिको उद्देश्य दुवै संस्थाको दायराभित्र रहेका विभिन्न संस्थाका कर्मचारीहरुको क्षमता विकासका क्षेत्रमा मिलेर काम गर्नु रहेको छ ।

समारोहमा डा. आत्रेयले दुवै संस्थाबीचको यो सहकार्यले धेरै सदस्य राष्ट्रको जनशक्ति विकासमा टेवा पुग्ने बताए । डा. आत्रेयले दुवै संस्थालाई आपसी हितका क्षेत्रमा तालिमको आयोजना गर्न सुझाव दिदैँ नेपालमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रम आयोजना गर्ने प्रस्ताव गरे ।


प्राध्यापक विक्रमासिङ्घेले यो सहकार्यबाट खुसी व्यक्त गर्दै मनिलामा कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिए । प्रतिनिधिहरूलाई स्वागत गर्दै उनले कार्यक्रम फलदायी हुने र प्रतिनिधिहरूलाई आफ्नो संगठनमा फर्किदा धेरै टेकवेहरू हुने आश्वासन दिए ।

बीएफआईएनले सीपीएससीसँगको सहकार्यमाBFIN ले CPSC सँगको सहकार्यमा 11-15 अक्टोबर 2022 सम्म मनिलामा उन्नत बैंक व्यवस्थापन तालिम कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रममा कृषि विकास बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, र कुमारी बैंक लिमिटेडका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।


यो कार्यक्रम फिलिपिन्सको वित्तीय क्षेत्रका प्रमुख परिवर्तन, प्रवृत्ति, उत्कृष्ट अभ्यास, नीति र चुनौतीहरूका बारेमा अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ संस्थाहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न र भविष्यको डिजिटल संसारको सामना गर्ने सीपहरूसँग सेट गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्