हस्पाइस नेपालको भवन धापाखेलमा शिलान्यास « Arthapath.com
२४ असार २०८३, बुधबार

हस्पाइस नेपालको भवन धापाखेलमा शिलान्यास



काठमाडौं । धापाखेलस्थित हस्पाइस नेपालको शिलान्यास गरिएको छ । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्न हस्पाइस सन्चालनमा आएको हो ।

२०५७ साल देखि सन्चालनमा आएको हस्पाइस नेपाल देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले खोलिएको भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो ।

लगनखेलमा आठ शय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्दछ । काठमाडौंको लगनखेलमा सामुदायिक सेवा अन्तर्गत लगनखेलमा आठ शय्याको एकाइमा र मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दछ ।

यी दुवै अस्पतलमा सेवाहरु निःशुल्क हुनेछन् । देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ ।

यसको लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ ।
प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते शिलान्यास गरिएको हो । यसको स्थापनाले मुलुकमा उपशामक सेवाको नयाँँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्