सत्यमोहन जोशीको शव नजलाउने निर्णय, अध्ययनको लागि किष्टअस्पतालमा राखिने « Arthapath.com
२४ असार २०८३, बुधबार

सत्यमोहन जोशीको शव नजलाउने निर्णय, अध्ययनको लागि किष्टअस्पतालमा राखिने



काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाउने निर्णय भएको छ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा जोशीको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो । छलफलको क्रममा जोशीको शवलाई नजलाई अध्ययनको लागि अस्पतालमा राख्ने सहमति भएको हो । शताब्दी पुरुष जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्