वर्डक्याम्प नेपाल २०२२ को कार्यक्रम कात्तिकमा हुने « Arthapath.com
२४ असार २०८३, बुधबार

वर्डक्याम्प नेपाल २०२२ को कार्यक्रम कात्तिकमा हुने



काठमाडौं । वर्डप्रसको आयोजनामा चितवनको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ को बृहत् कार्यक्रम आयोजना गरिएको छ ।

भरतपुरको चितवन गार्डेन रिसोर्टमा कात्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डिभेलोपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँचसय भन्दा बढीले हालसम्म सहभागिताका लागि नाम दर्ता गराईसकेका छन् । दुई दिने वर्डक्याम्पलाइ इभेन्ट डे र कन्ट्व्यिसन डे भनेर दुई भागमा विभाजित गरिएको छ ।

कार्यक्रममा आपसी जनसम्पर्क विस्तार र सहभागी बीच अनुभवहरूको आदानप्रदान हुने छ । सहभागीहरूले उपलब्धिमुलक ज्ञान र जानकारीहरू विश्वस्तरका स्पीकर्सबाट प्राप्त गर्ने छन् । सहभागीहरू बीच एक आपसमा सौहार्द, मित्रवत र खुला हृदयका साथ प्रस्तुत भई वर्डक्याम्प नेपाल अगाडि बढाउनका लागि आचारसंहिता बनाईएको छ ।

वर्डक्याम्पको मुख्य उद्देश्य वर्डप्रेससँग सम्बन्धित अनौपचारिक समुदायले यसको आयोजना गर्ने, वर्डप्रेससँग चासो राख्ने तथा यसको प्रयोग र विकास गर्ने व्यक्तिहरू सहभागी हुने । वर्डप्रेस प्रयोगकत र डिभेलपर्स तथा यसका पारखीहरूलाई एकै ठाउँमा ल्याउने, अनुभव आदान प्रदान गर्ने र यस सम्बन्धी संजाल निर्माण गरी अवसरहरूको सदुपयोग गर्न प्लेटफर्म निर्माण गर्ने हो ।

२५ भन्दा बढी अनुभव राष्ट्रिय तथा अन्तराष्ट्रिय स्पिकरहरूले विभिन्न शीर्षकमा प्रस्तुती दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदानविज्ञहरूसँग प्रत्यक्ष सम्पर्क र बिभिन्न शत्र यो क्याम्पका मुख आकर्षण हुन् ।

वर्डक्याम्प नेपाल २०२२ को ग्लोबल लिडमा वर्डप्रेस नेपालका अध्यक्ष एवं वर्डप्रेस नेपाल कम्प्युनिटीका स्वास खड्का लोकल लिडमा वर्डप्रेस डिभेलोपर विकास पुन रहेका छन् । उक्त कार्यक्रमलाई ग्लोबल कम्युनिटीका डेपटी यामबहाद क्षेत्रीले मेन्टरिङ गरेका छन् ।

आर्थिक व्यवस्थापन, स्पीकर तथा प्रायोजकहरूसँग समन्वय र स्वयंसेवकहरूक व्यवस्थापनका लागि पनि हामीले छुट्टाछुट्टै जिम्मेवारी लिएर काम अगाडि बढाईएको छ । प्रचारप्रसार, कार्यक्रमस्थर व्यवस्थापन र इभेन्ट ब्रान्डिङलगायतका कामका लागि पनि जिम्मेवारी तोकिएको छ।


वर्डप्रेस नेपालले सन २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका ६५ देशका ३७९ शहरहरूमा एक हजार एक सय चौबीस वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन् ।

नेपालमा पनि हालसम्म देशको राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्