शिखर नगरपालिका वडा ११ ले एक टोलमा मदिरा बन्देज, अन्य टोलिमा छैन ब्यवस्था « Arthapath.com
२४ असार २०८३, बुधबार

शिखर नगरपालिका वडा ११ ले एक टोलमा मदिरा बन्देज, अन्य टोलिमा छैन ब्यवस्था



काठमाडौं । डोटी जिल्लाको शिखर नगरपालिका वडा न ११ मल्लीसात टोलमा लागु औषध, जुवातास तथा मदिरा सेवन बन्देज गरेको छ । वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर विष्टले एक सूचना प्रकाशित गर्दै यस्तो बताएका हुन ।

वडा कार्यालयको असोज २४ गते बसेको बैठकले मदिरा सेवनले समाजमा विकृति विसंगति बढ्दैं गईरहेको हुदाँ सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै बेचविखन तथा सेवन नगर्ने निर्णय गरेको हो । वडाको अन्य टोलमा मदिरा सेवन बन्द गर्ने निर्णय नगरी मल्लीसात टोलमा मात्र किन भन्ने प्रश्नको जवाफ दिदैं अध्यक्ष विष्टले अन्य टोलमा पनि गर्ने सकिने तर अहिले मल्लीसात टोलबाट नै बढी बेचविखन भएको सूचना वडालाई प्राप्त भएको हुदाँ अहिलेलाई सो निर्णय गरेको बताए ।

अनुमति प्राप्त पसलले पनि साँझ ५ बजेदेखि राति ८ बजेसम्म मात्र बिक्री गर्ने पाउने वडाले निकालेको सूचनामा भनिएको छ । साथै, मदिरा सेवन, ओसारपोसार तथा बिक्री वितरण गर्नेलाई छुट्टा छुट्टै जरीवानाको ब्यवस्था गरेको छ ।

उक्त निर्णय वडा भरी नै गर्नु पर्ने सर्वसाधारणहरु बताउछन् । वडा भित्रका सबैं ठाउँमा मदिरा बेचबिखन भइरहेको हुदाँ वडा सबैं गाउँको जिम्मेवार निकाय भएर एउटा टोलमा मात्र बन्द गर्नु उक्त गाउँको अवहेलना भएको कतिको टिप्पणी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्