उम्मेदवारहरूको सहजीकरण गर्न सबै निकायलाई आयोगको निर्देशन « Arthapath.com
२४ असार २०८३, बुधबार

उम्मेदवारहरूको सहजीकरण गर्न सबै निकायलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले यही असोज २३ गतेभन्दा अगाडि कुनै सरकारी निकायमा रहेका पदाधिकारी र कर्मचारीले राजीनामा दिएको भए सोही मितिबाट स्वीकृत गरिदिन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूको सहजीकरणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्था वा नेपाल सरकारको अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको कुनै पदाधिकारी वा कर्मचारीले राजीनामा पेस गरेको भएमा त्यस्तो राजीनामा पेस गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न आयोगले सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ ।

साथै आयोगले निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्