आज खण्डग्रास सूर्यग्रहणः कुन राशीले हेर्न हुन्छ, कुनले हुँदैन ?
काठमाडौं । आज तिहारको तेस्रो दिन (मंगलबार) अर्थात् कृष्ण औँशी तिथिका दिन ’खण्डग्रास सूर्यग्रहण’ लाग्ने भएको छ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत सहित दक्षिण पश्चिमी एशियाका सबै देश, उत्तरपूर्वी युरोप, अस्ट्रेलिया, उत्तरी दक्षिणी अमेरिका, अटलान्टिक, अन्टार्कटिका, प्रशान्त महासागर, हिन्द महासागर, पूर्व र उत्तर अफ्रिकाबाट देख्न सकिनेछ।
नेपाली समय अनुसार मङ्गलवार दिउँसोको ४ बजेर ५२ मिनेटमा स्पर्श हुने र साँझ ५ बजेर २४ मा सूर्यास्त सँगै ग्रहणको सुतक काल समापन हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३२ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई दक्षिण र नैऋत्य मा समाप्ति हुनेछ । अन्य देशको ग्रहणको समय भने फरक हुनेछ ।
ग्रहण फल
यसपालि मेषादि बाह्र राशिको ग्रहण फल यसप्रकार रहेको छ:
मेष : स्त्रीपीडा हुने
वृष : सुखदायी हुने
मिथुन : चिन्ता बढ्ने
कर्कट : व्यथा बढ्ने
सिंह : श्री: प्राप्ति हुने
कन्या : क्षति हुने
तुला : घात हुने
बृश्चिक : खर्च बढ्ने
धनु : लाभ हुने
मकर : सुख मिल्ने
कुम्भ : मानहानी हुने
मीन : कष्ट हुने ।












