खर्चको विवरण चुनाव सकिएको १५ दिन भित्र बुझाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारले चुनाव प्रचार प्रसारणका तथा कोण सभामा प्रयोग भएका मञ्ज सहितको खर्चको विवरण चुनाव सकिएको १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ । आयोगले आज एक पत्रकार सम्मलेन गर्दै उम्मेदवारले खर्चको विवरण बुझाउदा सबैं क्षेत्र खर्च समावेश गरेर बुझाउन आग्रह गरेको हो ।
आयोगले पनि उम्मेदवारको खर्चबार सुक्ष्म रुपमा अध्ययन गरी रहेने हुदाँ खर्चको विवरण बुझाउदा सहि तथा सबैं क्षेत्रको खर्चको विवरण खुलाउन भनेको हो । साथै कुनै पनि ब्यक्तिले उम्मेदवारको पक्षमा आफ्नो खर्च गरेर प्रचार प्रसारण गर्ने समेत नपाउने बताएको हो ।
त्यस्तै, आयोगले प्रमुख आयुक्त दिनेश थपलियाले बोल्दैं संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने बताए । साथै उनीहरुले प्रचार प्रसारणका क्रममा सरकारी गाडी लगायत अन्य सूविधा प्राप्त नगर्ने समेत भनेको हो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ, प्रदेश र स्थानीय सरकारले निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग गरे, नगरेको अनुगमनका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताएको हो ।












