नेता भन्दा पनि जनताकै साथी भएर काम गरेको छु, मलाई जिताउन मतदाता उत्साहित छन् : खतिवडा « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

अन्तर्वार्ता:

नेता भन्दा पनि जनताकै साथी भएर काम गरेको छु, मलाई जिताउन मतदाता उत्साहित छन् : खतिवडा



काठमाडौं । देशभर यतिबेला चुनावी माहोला एकदमै चुलिएको छ । मतदातालाई आफ्नो पक्षमामा पार्नका लागि विभिन्न राजनैतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर घरदैलो व्यस्त रहेका छन् ।

चुनाव हुन् अब तिन दिनमात्रै बाँकी रहँदा नुवाकोट क्षेत्र नम्बर २ प्रतिनिधि सभा, नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले उत्तिकै दौपधुप देखिएका छन् । उनले क्षेत्र नम्बर २ का ४३ वटै वडामा चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम पनि सकाएका छन् ।

उनको प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेस प्रभावशाली नेता मानिने पुर्वमन्त्री अजुननसिंह केसी पराजित गर्न आम, जनता, सर्वसाधारण मतदातासंग मसिनो गरि लागेका छन् । निर्वाचन नतिजा आफ्नो पोल्टोमा पार्न उनी के कसरी अघि बढेका छन् त ? प्रस्तुत छ नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार शालीन नेता नारायणप्रसाद खतिवडासंग गरिएको छोटो कुराकानीको अंशः

चुनावी माहोल एकदमै उर्लिएको छ, तपाई नुवाकोटको ४३ वटै वडामा पुग्नु पनि भयो, आम मतदाताको रेस्पोन्स कस्तो पाउनु भएको छ ?

नुवाकोट क्षेत्र नम्बर २ को ४३ वटै वडामा चुनावी घरदैलो गरिसकिएको छ । मतदाताहरु निकै उत्साहित छन् । उनीहरुको रेस्पोन्स पनि एकदमै राम्रो छ । नेकपा एमाले प्रति जनचासो र आकर्षण थप चुलिएको छ । नेकपा एमालेको नीति र कार्यक्रम जुन राष्ट्रिय रुपमा बनेको छ । आम नेपाली सर्वसाधारण माँझ त्यो नीति र कार्यक्रम निकै नै लोकप्रिय बनेको छ । म एक कार्यकाल जनताको सेवा गरेर आईसेकेको छु । त्यो अवधिमा मैले जनताकै सेवामा जनताकै घरदैलोमा बिताएको छु । नेताको रुपमा भन्दा पनि जनताकै साथीहरुको रुपमा मैले एक कार्यकाल बिताँए । विकास निर्माण, भौतिक संरचनाका कुराहरु, सामाजिक कार्य लगायत सबैमा मैले योगदान गरेको छु । यति सबै पूर्णरुपमा सम्पन्न भयो त भन्दिन तर, हामीले धेरै संख्यामा सडक, बाटो मर्मत र सुधारका कार्य थालेका छौं ।

अधिकांश बाटो कालोपत्रे पनि भईसकेको छ । केही नाली र ग्राभेलका कार्य पनि भईरहेका भन् । शिक्षाका क्षेत्रमा पनि उत्तिकै सुधारका कार्य भईरहेका छन् । विद्यालयको गुणस्तर वृद्धि भएको छ । विद्यालयका नयाँ भवन निर्माण, विद्यालयभित्रका संरचना, आईसीटी ल्याव निर्माण लगायतमा व्यवस्थित सुधार भएको छ । हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै सुधार गरेका छौं । त्रिशुली अस्पताललाई पनि हामी नुमना अस्पतालको रुपमा विकसित गरेका छौं । यस्तौ थुप्रै कारण पनि यस निर्वाचन क्षेत्रका भौतिक निर्माण र विकास निर्माणमा हामीले महत्वपूर्ण भुमिका निर्वाह गरेका छौं । यस्ता भौतिक निर्माण सामाजिक कार्यहरुले नै यहाँ जनता मलाई मतदान गर्न एकदमै उत्साहित हुुनुहुन्छ । म विस्वस्त छु । यो निर्वाचन मैले गठबन्धनका विरुद्धमा जित हाँसिल गर्छु ।

नारायण खतिवडालाई नै जनताले दोहोर्याएर मतदान किन गर्ने ?

नारायण जनताको साथी हो । हिँजो म पदमा नहुँदा पनि जनताको सेवामा समर्पित नै थिए । जनताका हरेक सुखदुःखमा संगसंगै हिँडे, जनता समस्या परेका बेला कहिले भागिन। दुख पर्दा मलाई सम्झिरहन्छन्। एक कार्यकाल संसद भएर पनि उहाँहरुकै सेवामा लागे, पदमा नहुँदामा पनि जनसेवामा खटिए । मलाई जनताले विश्वास गरेर दिएको मतको मैले दुरुपयोग कहिल्यै गरिन्। त्यसकारण जनताले फेरि पनि मतदान गुर्नहुनेछ । मलाई नै निर्वाचित गराउनु हुनेछ ।

तपाईको आफ्नै एजेण्डाहरु के-के छन् ?

हिँजका दिनमा हामीले जे जति विकास निर्माण, भौतिक निर्माणका कार्यहरु थालनी गरेका छौं । त्यसलाई पुरा गर्ने पहिलो प्राथमिकता हो । सडक, बाटो निर्माण सुधार, सिंचाई, एक घर एक धारा अन्तर्गत शुद्ध पिउने पानीको उचित व्यवस्थापन, गाउँगाउँमा सामुदायिक शिक्षामा गुणस्तर वृद्धि, राष्ट्रिय स्तरमा प्रतिष्पर्दा गर्न सक्ने जनशक्ति उत्पदान, सामुदायिक स्वास्थ्य सेवा प्रदान, गाउँ गाउँका स्वास्थ्य चौकी र अस्पतालमा सबैलाई सहज स्वास्थ्य उपचारको वातावरण निर्माण, सुविधा सम्पन्न स्वस्थ्य संस्था निर्माण गर्ने लगायतका जनताकै सेवा निरन्तर लाग्ने प्रतिवद्धता रहेका छन् ।

तपाईको मुख्य प्रतिष्पर्धी को हो ?

मेरो प्रतिष्पर्धी भनेको अहिले जो गठबन्धनको रुपमा आईरहेका छन् उनीहरुनै हुन्सक्छन्, यो मेरो अनुमान हो । प्रतिष्पर्धीलाई भारी मतले विजयी हुने रणनीति सहित म लागि रहेको छु । जनता माँझ पुगरिरहेको छु । नयाँ मतदाता, विशेषगरि युवाहरुमा दलहरुले केही काम गरेनन्, चेञ्ज खोजिरहेका छन्, त्यसमा तपाई के भन्नु हुन्छ ? चेञ्ज त खोजिरहेका छन्, संघीय व्यवस्थामा दलको विकल्प छैन । संविधानले नै यो व्यवस्था गरेको छ । अन्य दलको तुलनामा नेकपा एमाले सुशासन दिएको छ । अहिलेको गठबन्धनले सुशासन प्रदान गर्न नसेकाले युवाहरुमा यस्ता खालको भावना भएको हो । त्यसैले मैले युवाहरुलाई के भन्न चाहान्छु भने एमालेको विकल्प खोज्नु भनेको देशले ओरालो यात्रा तय गर्नु हो । जब एमालेको सरकार बन्यो हामीले नीति तथा विकास निर्माणका कामहरु अघि सार्यौं । त्यही अनुसारको बजेटको पनि व्यवस्जथा गर्यौं । अघि भने जस्तो शिक्ष, स्वास्थ्य, सुशासन भौतिक पूर्वाधार निर्माण लगायतका सामाजिका विकास सुधारमा हामी लाग्यौं । युवा साथीहरुले दलको विकल्प नखोज्नुहोस्, नेकपा एमालेलाई सत्ता पुर्याउन सहयोग गर्नु हामी तपाईलाई सुशासन दिन्छौं । तपाईलाई निराश बनाएर त्यस्तो कुनै पनि कार्य गर्दैनौं ।

नेकपा एमालेले राज्यको तर्फबाट अभिभावक्त्व ग्रहण गर्छ । युवालाई स्वोरोजगार बनाउछ, निःशुल्क सिपमुलक तालिमको व्यवस्था, सर्टिफिकेट धितो राखेर सहज ऋण पाउने व्यवस्था गछौं । सम्पूर्ण युवाहरुलाई नेपाल भित्र नै रोजगारको वातावरण सृजना गर्दछौं । हिजो नेपाली कांग्रेसको सरकारमा विदेशीको लगानीमा संचालित उद्योगधन्दा बिक्री गरेजस्तो नेपाल र नेपालीलाई हुने घात नेकपा एमालेले कहिल्यै गर्ने छैन। त्यसकारण नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का समग्र युवाहरु, मतदाताहरुलाई ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न म आव्हान गर्दछु ।


स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा नेकपा एमाले एक्लै हुँदा धेरै मत अन्तर अलि बढी देखिन्छ, अब कस्तो असर पर्ला ?

नेकपा एमाले कहिल्यै तल छैन । अरु पार्टीहरुसंग प्रतिष्पर्धी नै छ । यद्यपि नेताहरुमा पनि गठबन्धन छ, तर, हाम सर्वसाधारण जनता भने गठबन्धनलाई मतदान गर्ने पक्ष देखिनुभएको छैन । हिजोका दिनमा जसरी म जनताको साथीको रुपमा जनताकै काम गरे त्यसले नै फेरि मलाई मत दिएर जिताउनुहुनेछ । म आम किसान, मजदुर, दुखी गरिब सर्वसाधारणको मान्छे हुँ, उहाँहरु नै लाई भोट हाल्न आतुर हुनुहुन्छ, उत्साहित हुनुहुन्छ । म यो निर्वाचन जीत्छु ।


प्रतिक्रिया दिनुहोस्