देशभर ६१ प्रतिशत मतदान, १५ वटा मतदान केन्द्रमा मतदान स्थगित « Arthapath.com
४ मंसिर २०७९, आईतवार

देशभर ६१ प्रतिशत मतदान, १५ वटा मतदान केन्द्रमा मतदान स्थगित



काठमाण्डाैं । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने बताए ।

केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएकाे आयोगले जनाएको छ । यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ ।

स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्