८९ ठाउँको मतगणना सम्पन्न, यी हुन एमालेले जितेका २० क्षेत्र « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

८९ ठाउँको मतगणना सम्पन्न, यी हुन एमालेले जितेका २० क्षेत्र



काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै हाल मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ८९ ठाउँको नजिता सार्वजनिक भइसेकेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ३२ ठाउँमा, एमालेले २० ठाउँ, ९ माओवादीm ७ ए समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ४, जसपा २, लोसपा २, नाउपा २ र अन्य ४ ठाउँबाट जित हासिल गरेका छन् ।

एमालेले सूर्य बहादुर थापा क्षेत्री प्युठान १, पदम गिरी पर्वत १, महेश कुमार वर्तौला मकवानपुर २, सूर्य प्रसाद ढकाल बाँके १, देवराज घिमिरे झापा २, गोकर्ण विष्ट गुल्मी २, लाल प्रसाद साँवा लिम्बु झापा ४, टोपबहादुर रायमाझी अर्घाखाँची १, कृष्ण गोपाल श्रेष्ठ काठमाडौं ९ बाट जितेका हुन ।

त्यस्तै, मानवीर राई सोलुखुम्बु १, अम्वर बहादुर रायामाझी उदयपुर २, विद्या भट्टराई कास्की २, राजेन्द्र कुमार राई धनकुटा १, बासु देव घिमिरे रुपँन्देही ५, प्रेम बहादुर महर्जन ललितपुर २, राजकुमार गुप्ता पर्सा ३, राम शंकर यादव सिराहा १, योगेशकुमार भट्टराई ताप्लेजुङ १, केपी शर्मा ओलि झापा ५, पृथ्वी सुब्वा गुरुङ लमजुङ १बाट विजयी भइ सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्