समानुपातिक तर्फ एमालेले कटायो १३ लाख मत, पुच्छरमा ए-समाजवादी हुदाँ अन्य पार्टीको कति ? « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

समानुपातिक तर्फ एमालेले कटायो १३ लाख मत, पुच्छरमा ए-समाजवादी हुदाँ अन्य पार्टीको कति ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणम आउने क्रम जारी रहेको छ । प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको निर्वाचन आयोजले जनाएको छ ।

आयोगका अनुसार अहिलेसम्मको समानुपाति तर्फको मतगणनामा नेकपा एमालेले १३ लाख ५ हजार ६१५ मत ल्याइ प्रथम स्थानमा रहेको छ । कांग्रेसले १२ लाख ३३ हजार ६७२ मत ल्याई दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ३ हजार ६८९ मत, चौथो माओवादी केन्द्रले ५ लाख ६० हजार ५७९ मत, पाँचौ राष्ट्रिय प्रजातन्त्र पार्टी ३लाख १२ हजार८८८ मत रहेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीले १ लाख ५२ हजार ६०९ मत, एकीकृत समाजवादीले १ लाख २ हजार ९६५ मत पाएको छ ।


प्रतिक्रिया दिनुहोस्