क्रान्तिको समय « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

क्रान्तिको समय



काठमाडौं । आस्था लुट्ने मानव मनबाट
विश्वासको मन्दिर भत्काउदै
जुकाहरु उठ्न सक्छन रक्तपिपासु बन्दै
उपिया र उडुस हरुले
उठाउने छन सुडहरु
लुट्न र डस्नाका लागि
साबधान परजिवी, परतन्त्रिहरु
क्रान्ति अझैं बाँकी छ ।

न्यायको तराजुमा
झचोरलाइ चौतारी र साधुलाइ सुलिञ
सत्यलाइ खोर
झुठलाइ आसमानमा राज गराउने
न्यायमन्दिरका पुजारीहरु !
तिम्रै हुक्का,
बारुद, तोप र मिसाइल बन्न सक्छ ।।

सत्ता लिप्सामा
स्वार्थको सगरमाथा ठड्याउदै
झमञरझमञ को मपाइत्वमा
खरानिको व्यापार गर्न
आफ्नै घरमा डढेलो लगाउनेहरु
लामखुट्टे लखेट्ने भनी आफैले
घरमा आगो सल्काउनेहरु
टुप्पामा बसि आफ्नै हागाको
फेद कति काट्छौ ।

लुकेको वाचालाइ बचाउन
सारी लुटिदा झद्रोपदीझहरुको
कपटपूर्ण मौनताका ध्यानिहरु
शिष्यको औंला काट्न लम्किने माहाविरहरु !
क्रान्ति सकिएको छैन ।।

विचारलाई संग्ल्याउदै
सत्य, न्याय र समर्पणमा
कर्तव्य र भरोसाको गित गाउदै
अब मुक्तिको शंखघोश गर्दै ।

झुपडी झुपडीमा पुग्न,
मेची र कालिमा नवजीवन भर्दै
वनकुन्जमा लालिगुराँस फुलाउदै,
चमेली र गौथलिको चोली फेर्न
हर्के र साइलाको टोपी फेर्न
समय अब क्रान्ति भएर
जन्मन बाँकी नै छ ।।


प्रतिक्रिया दिनुहोस्