‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ? (सूचीसहित) « Arthapath.com
३ माघ २०७९, मंगलवार

‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)



काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथग्रहण समत गरी सकेका छन् ।

नयाँ सरकारमा एमालेले सबैभन्दा बढी ८, माओवादीले ३ , रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् । यता, जसपाले भने २ वटामा असहमति जनाएको छ । त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

कुन दलबाट कति मन्त्री

नेकपा एमाले
१) विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री
२) डा. विमला राई पौडेल परराष्ट्र मन्त्री
३) पदम गिरी स्वास्थ्य मन्त्री
४) भगवती चौधरी महिला बालबालिका
५) हरि उप्रेती रक्षा मन्त्री
६) दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति
७) राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
८) ज्वाला कुमारी साह कृषि मन्त्री

नेकपा माओवादी केन्द्र
१) पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री
२) नारायण काजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री
३) सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री
४) सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री
५) रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री
६) अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी
१) रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री
२) डोलप्रसाद अर्याललाई श्रम मन्त्री
३) शिशिर खनाललाई शिक्षा मन्त्री
४) तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री
२) बिक्रम पाण्डे सहरी विकासमन्त्री
३) ध्रुवबहादुर प्रधान कानुनमन्त्री
४) दीपक सिंह उर्जा राज्यमन्त्री

जनमत पार्टी
१) अब्दुल खान वन मन्त्री


प्रतिक्रिया दिनुहोस्