५९ प्रतिशतले घट्यो जानकी फाइनान्सको नाफा : खराब कर्जा ११ प्रतिशत माथि, अन्य सूचक कस्ता ? « Arthapath.com
१० माघ २०७९, मंगलवार

५९ प्रतिशतले घट्यो जानकी फाइनान्सको नाफा : खराब कर्जा ११ प्रतिशत माथि, अन्य सूचक कस्ता ?



काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा १ करोड ४५ लाख ९२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ५९ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ६.१५ प्रतिशतले वृद्धि भई १० करोड १० लाख २९ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानी भने ४.६० प्रतिशतले घटेर १० करोड २९ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीको संचालन नाफा १ करोड ७९ लाख ६५ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५७.९८ प्रतिशतले कमी हो ।

चुक्ता पुँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २० करोड ५१ करोड ७ हजार रुपैयाँ राखेको छ ।

चालु आवको ६ महिनामा कम्पनीले ३ अर्ब ३६ करोड ७२ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ८३ करोड १७ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको खराब कर्जा पनि ५.८७ प्रतिशतले वृद्धि भई ११.१८ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६३ पैसाले घटेर ४ रुपैयाँ २३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्