सुन तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं । बिहिबार सुनको भाउ घटेको छ । साताको पाचौँ काराबारको दिन छापावाला सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २ हजार कायम रहेको छ ।
साथै , आज चाँदीको मूल्य १० रुपैयाँले घटेको १ हजार २ सय ८५ कायम भएको छ । बुधबार भने १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।