सत्ता गठबन्धनमा जसपाबाटै उपराष्ट्रपतिमा दुई उम्मेदवार, प्रमिला यादवको पनि उम्मेदवारी दर्ता « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

सत्ता गठबन्धनमा जसपाबाटै उपराष्ट्रपतिमा दुई उम्मेदवार, प्रमिला यादवको पनि उम्मेदवारी दर्ता



काठमाण्डौं । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवले शनिबार दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव प्रस्तावक छन् । अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन् । जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

शनिबार बिहान बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाकै दुई जना उम्मेदवार र जनमत पार्टीकी ममता झालाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसबारे आइतबार पुनः बैठक बसेर साझा उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने तयारी गठबन्धनको छ ।

प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्