डोटीका भूकम्प पिडितः अझै बनेन आवास, असिनाले पिरल्यका स्थानियलाई सरकार पक्षको आश्वासन मात्र « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

डोटीका भूकम्प पिडितः अझै बनेन आवास, असिनाले पिरल्यका स्थानियलाई सरकार पक्षको आश्वासन मात्र



काठमाडौं । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा कात्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दुु भएर ५.७ म्याग्निच्युटको भूकम्पको गएको थियो । भुकम्पमा परी डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका थिए । १०५० घर पुर्ण क्षति भएका छन् ।

सो क्षेत्रका भुकम्प पिडितले पुष माघको चिसो खुल्ला आकाश र पाल मुनि बिताए पनि अझै आवास निर्माण हुन सकेको छैन । विभिन्न संघ संस्थाहरुले राहत स्वरुप खाद्यान्न, लत्ता कपडा, पाल तथा अन्य सामाग्री वितरण गरे पनि आवास बन्न नक्सदा समस्या पैदा भएको छ । चिसोको महिना बालबालिका तथा वृद्धिहरु बिरामी हुने समस्याले पिरोलेको सो क्षेत्रका भुकम्प पिडितलाई अहिले गाउँमा असिना पानीले बेजोक बनाइरहेको छ । हिजो मात्र डोटीमा असिनाले खेतिपातिमा ठूलो क्षेति गरेको थियो ।

स्थानिय सरकार र प्रदेश सरकारको सहयोगले पाल मुनिको बसाई सकेर टिनका टहरा सरेको गैरागाउका भुकम्प पीडितहरुलाई असिना पानिले पिरोलेको छ ।

स्थानिय सरकार आवास निर्माणका लागि केन्द्र सरकारसँग बेला बेला गुहारेको भए पनि केन्द्र सरकार आश्वासन मै सिमित बनेको छ । अहिले सो क्षेत्रका पिडित आफ्नो सरकार नै नभएको गुनासो गर्छन । “हाम्रो आफ्नो भन्ने त कोहि छैन चुनाव लागेको बेला हुनाले घर घरमा आएका नेता अहिले फर्किएर हेरेका छैन चिसोबाट त बालबालिका र वृद्धि बचायौ तर अब असिनाबाट बचाउनै गारो भएको छ” एक भूकम्प पिडित बताए ।

गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायल बेला बेला समस्या समाधानका लागि केन्द्रको दैलो जादा समेत कुनै सुनुवाइ भने हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्