जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित



काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यादवले ३० हजार तीन सय २८ मतभार गरेका हुन । उनले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाएका छन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ ।

यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ । यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्