भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार पनि बन्द « Arthapath.com
६ चैत्र २०७९, सोमबार

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार पनि बन्द



काठमाडौं । भोलि अर्थात चैत ७ गते उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको हो ।

काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्राका बनाउने गर्दछ । मंगलबार घोडे जात्रा विदा परेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगै कारोबार पनि बन्द रहने भएको हो ।


प्रतिक्रिया दिनुहोस्