देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु १०६ स्थान सहित पहिलो « Arthapath.com
६ चैत्र २०७९, सोमबार

देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु १०६ स्थान सहित पहिलो



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्मको नतिजा अनुसार अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । दोस्रो स्थानमा नेविसंघ ७९ कलेजमा, अखिल क्रान्तिकारीले ४७ कलेजमा र अन्य ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन् ।

तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन । अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ । त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १÷१ कलेजमा निर्वाचन जितेका छन् ।


प्रतिक्रिया दिनुहोस्