प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत « Arthapath.com
६ चैत्र २०७९, सोमबार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् ।

मतदानमा २६२ सांसदले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्