एकैपटक १७ वटा ल्यापटप खरिद गर्दै धितोपत्र बोर्ड « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

एकैपटक १७ वटा ल्यापटप खरिद गर्दै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक दर्जन बढी ल्यापटप खरिद गर्ने भएको छ । बोर्डले एकैपटक १७ वटा ल्यापटप खरिद गर्न लागेको हो ।

गत चैत ३ गते एक सूचना जारी गर्दै बोर्डले सो जानकारी गराएका छ । बोर्डका अनुसार इच्छुक फर्म/कम्पनीले १५ दिनभित्र ल्यापटप उपलब्ध गराउन सक्ने दररेटसहित सिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।

फर्म/कम्पनीको दर्ता/इजाजत प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, मु.अ.कर दर्ताको प्रमाणित प्रतिलिपी, आव. २०७८/७९ को कर चुक्ता प्रमाणको प्रतिलिपी र एक हजार रुपैयाँ (फिर्ता नहुने गरी) बोर्डको लक्ष्मी बैंक लि. लगनखेल शाखामा रहेको खाता नं. ०१८११०३३२१४ मा नगदै वा विद्युतिय माध्यमबाट जम्मा गरी बैंक भौचर / रसिद निवेदनसाथ संलग्न राखी यस कार्यालयबाट खरिद गरिएको दरभाउपत्रमा संलग्न स्पेसिफिकेशन बमोजिमको सिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् । सो पत्र चैत १७ गते दिनको १ः३० बजेभित्र रीपूर्वक दिनुपर्नेछ ।

प्राप्त सिलबन्दी दरभाउपत्र प्रस्तावहरु बोर्डको कार्यालयमा मिति २०७९/१२/१९ गते दिनको १ः३५ बजे सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा ( उपस्थित नभएपनि ) खोलिने बोर्डले जनाएको छ ।

थप जानकारीको लागि बोर्डको जनशक्ति तथा प्रशासन शाखामा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्