डोटी जिल्ला अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

डोटी जिल्ला अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा



काठमाडौं । डोटीमा सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको हो ।

अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्ला अस्पतालकै एम्बुलेन्सले लिएर आउने व्यवस्था गरिएको छ ।

अस्पतालमा सुत्केरी हुनेलाई यातायातस्वरुप २ हजार २ सय दिने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्