सरकार बुढीगण्डकी जलविद्युत आयोजना असफल बनाउन लागि पर्योः सांसद एकनाथ ढकाल « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

सरकार बुढीगण्डकी जलविद्युत आयोजना असफल बनाउन लागि पर्योः सांसद एकनाथ ढकाल



काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले बुढीगण्डकी जलविद्युत आयोजना सरकार असफल बनाउन लागि परेको बताएका छन् ।

आज संसदमा शून्य समयमा बोल्दै उनले विश्वका विभिन्न देशमा राष्ट्रिय गौरबको आयोजनालाई सरकारले निरन्तर रुपमा हेर्ने गर्दछ तर नेपालमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युतमा सरकारले ठूलो रकम रकमान्तर गरेर यो योजनालाई नै अन्यौल तिर ढकल्ने काम गरेको बताए । प्रधानमन्त्री गोरखाको प्रतिनिधित्व गर्ने भएर पनि आफुले नै बढीगण्डकी आयोजना असफल बनाउन लागि परेको बताए ।

मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बुढीगण्डकी आयोजनाका लागि छुट्याइएको बजेटमध्ये ४० करोड नदी नियन्त्रण उपशीर्षकमा नारायणी नदी नियन्त्रणका लागि रकमान्तर गरिएको हो । सो रकम चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माण कार्यमा खर्च हुनेछ ।

यस्तै, अर्थमन्त्रालयले बुढीगण्डकी आयोजनाकै लागि छुट्याइएको एक अर्ब सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयेजनामा रकमान्तर गरिएको गरेको थियो । सो रकम सिन्धुलीको सुरुङ निर्माण कार्यका लागि खर्च हुनेछ ।


प्रतिक्रिया दिनुहोस्