मन्त्री भागबण्डामा कांग्रेस भित्र भाडभैलो, सम्मानजनक सहभागिता नभए सरकारमा नजाने शेखर पक्षको चेतावनी « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

मन्त्री भागबण्डामा कांग्रेस भित्र भाडभैलो, सम्मानजनक सहभागिता नभए सरकारमा नजाने शेखर पक्षको चेतावनी



काठमाडौं । आज प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्री परिषद् विस्तार गर्ने लागेका छन् । सत्ता साझेदारी ९ दलबीच मन्त्री भागबण्डाका लागि सहमति जुटेसँगै आज मन्त्री परिषद् विस्ताव हुने भएको हो ।

सहमति अनुसा नेपाली कांग्रेसबाट ८ मन्त्री, माओवादी केन्द्रबाट १ जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट १-१ जना मन्त्री पाउनेछन् ।

तर कांग्रेसमा भने मन्त्रीको भागबण्डाको विषयमा कांग्रेसभित्रै असन्तुष्टि पैदा भएको छ ।
नेता शेखर कोइरालासहितका इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने चेतावनी देउवालाई दिदै आइरहेका छन् ।

कोइराला समूहबाटउपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सम्मानजनक सहभागिताको माग गरेका हुन । शेखर पक्षबाट २ जना गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने निर्णय गरेको छ । तर शेयर पक्षले सम्माजन सहभागिताको माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्