नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नेपाली कांग्रेस
उपप्रधान तथा रक्षामा पूर्णबहादुर खड्का
अर्थमा प्रकाशशरण महत
परराष्ट्र मन्त्रालयमा रमेश रिजाल
भूमि व्यवस्थामा सीता गुरुङ

जनता समाजवादी पार्टी
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई

एकीकृत समाजवादी
कृषि तथा पशुपक्षी विकास बेदुराम भुसाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला

नागरिक उन्मुक्ति पार्टी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मन्त्री रञ्जिता श्रेष्ठ

लोकतान्त्रिक समाजवादी
श्रममन्त्री शरतसिंह भण्डारी

नेपाल समाजवादी पार्टी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव

माओवादी केन्द्र
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेत

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुषमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्