कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए दोस्रो पटक विश्वासको मत « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए दोस्रो पटक विश्वासको मत



काठमाडौं। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । शुक्रबार (चैत १७गते) प्रदेसभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्