बैदेशिक रोजगारीका लागि दिन मै १२ सय नेपाली बाहिरिए, चैतमा मात्र श्रम स्वीकृति लिने ३६ हजार « Arthapath.com
६ बैशाख २०८०, बुधबार

बैदेशिक रोजगारीका लागि दिन मै १२ सय नेपाली बाहिरिए, चैतमा मात्र श्रम स्वीकृति लिने ३६ हजार



काठमाडौं । चैत महिनामा मात्र ३६ हजार ७८ जना नेपालीले बिदेश बैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगारी विभागका अनुसार चैत महिनामा मात्र बैदेशिक रोजगारीका लागि ३२ हजार ४२० जना युवा र ३ हजार ६५८ जना युवतिले श्रम स्वीकृति लिएका हुन् ।

फागुनमा भने ३६ हजार ९९४ जना नेपालीले बैदेशिक रोगजारीका लागि श्रम स्वीकृत लिएका थिए । अघिल्लो महिनाको भन्दा यो महिनामा भने ९१६ जनामा कम हो ।

विभागको तथ्याङ अनुसार चैतमा सबै भन्दा बढी मलेसिया जान श्रम स्वीकृति लिएको छ । चैतमा मात्र उक्त देश जानका लागि ११ हजार ७९५ युवा र ३३४ युवतिले श्रम स्वीकृती लिएका हुन् ।

त्यस्तै, साउद अरबका लागि ६ हजार १०४ जना, यूएईका लागि ५ हजार ५५५ जना, कतारका लागि २ हजार ४९७ जना, कोरियाका लागि २ हजार ३१० जना र रोमानियाका लागि १ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका हुन् ।

त्यस्तै, विदेश पलायनका लागि चैतमा मात्र झापाबाट १ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका छन् । मोरुङका १ हजार २८४ जना, धनुषाका १ हजार २११ जना, रुपन्देहीका १ हजार ३८ जना र दाङका ९२६ जनाले श्रम स्वीकृति लिएका हुन् ।

सबै भन्दा कम श्रम स्वीकृति लिने जिल्लामा रुकुम पूर्व रहेको छ । उक्त क्षेत्रका ६ जनाले मात्र श्रम स्वीकृति लिएको विभागको तथ्याङमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्